Home / Career

procurement
कोटेशन पेश गने सम्बन्धि सुचना

प्रकाशित मिति – २०८४/०४/१८

आर्थिक वर्ष २०८३/०८४ मा मेड-नेपालद्वारा विभिन्न जिल्लामा सञ्चालन हुने कार्यक्रमहरूको अनुगमन तथा फिल्ड भ्रमणका लागि सवारी साधन भाडामा आवश्यक पर्ने भएकाले इच्छुक सवारी साधन धनी तथा ट्राभल एजेन्सीहरूलाई आफूले उपलब्ध गराउन सक्ने भाडादर (Quotation) सहित मिति २०८४/०४/२५ गते कार्यालय समयभित्र तपसिल बमोजिमका कागजातहरू संलग्न गरी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।

आवश्यक कागजातहरू

  • चालु आर्थिक वर्षका लागि नवीकरण गरिएको सवारी साधनको ब्लुबुकको प्रतिलिपि – १ प्रति

  • सवारी चालकको चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि – १ प्रति

  • सवारी चालकको PAN नम्बर उल्लेख भएको कागजात – १ प्रति

सर्तहरू

  1. कोटेशन पेश गर्ने व्यक्ति वा संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर तथा आवश्यक भए इमेल ठेगाना स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ। साथै, सम्भव भएसम्म दररेट (Rate List) छुट्टाछुट्टै विवरणसहित प्रस्तुत गर्नुपर्नेछ।

  2. इमेलमार्फत कोटेशन पेश गर्दा संस्थाको वा आधिकारिक व्यक्तिको इमेलबाट हस्ताक्षर तथा छाप गरिएको कोटेशन पत्र र आवश्यक आधिकारिक कागजातहरू संलग्न गरी info@madenepal.org मा पठाउन सकिनेछ।

  3. कोटेशनमा उल्लेख गरिएको मूल्यमा इन्धन खर्च, चालक भत्ता तथा अन्य कुनै अतिरिक्त खर्च समावेश छ वा छैन भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

  4. प्रस्तावित भाडादर कति अवधिसम्मका लागि मान्य रहने हो भन्ने विषय स्पष्ट उल्लेख गर्नुपर्नेछ।

  5. प्राप्त कोटेशन स्वीकार गर्ने, अस्वीकार गर्ने वा आंशिक रूपमा स्वीकार गर्ने सम्बन्धी सम्पूर्ण अधिकार मेड-नेपालमा सुरक्षित रहनेछ।

नोट:
भाडादर उल्लेख गर्नुपर्ने निर्धारित फाराम यस सूचनासँग संलग्न गरिएको छ। साथै, आवश्यक परेमा उक्त फाराम मेड-नेपालको प्रशासन शाखाबाट पनि प्राप्त गर्न सकिनेछ।

Vehicle details

 

प्रकाशित मिति – २०८४/०४/१८

दरभाउ (Quotation) पेश गररददने सम्बन्धि सुचना 

आर्थिक वर्ष २०८३/०८४ मा मेड–नेपालद्वारा सञ्चालन हुने विभिन्न परियोजना तथा कार्यालय प्रयोजनका लागि आवश्यक मसलन्द तथा अन्य कार्यालय सामग्री खरिद गर्नुपर्ने भएकाले यस सूचनासँग संलग्न विवरणअनुसारका सामग्रीहरू आपूर्ति गर्न इच्छुक फर्म, कम्पनी तथा आपूर्तिकर्ताहरूलाई तपसिलमा उल्लेखित सर्त तथा शर्तहरूको अधीनमा रही आफ्नो दरभाउ (Quotation) पेश गर्न अनुरोध गरिन्छ।

तपसिल (सर्त तथा शर्तहरू)

  1. दरभाउ पत्र सकेसम्म सिलबन्दी (खामबन्दी) गरी पेश गर्नुपर्नेछ। खामको बाहिरी भागमा “मसलन्द तथा कार्यालय सामग्री खरिद सम्बन्धी दरभाउ” स्पष्ट उल्लेख गरिएको हुनुपर्नेछ।
  2. दरभाउ पेश गर्ने फर्म/संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर तथा इमेल ठेगाना स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ।
  3. इमेलमार्फत दरभाउ पेश गर्दा फर्मको आधिकारिक लेटरहेडमा अधिकृत व्यक्तिको हस्ताक्षर तथा छाप सहित तयार गरिएको दरभाउ पत्र र आवश्यक कागजातहरू PDF ढाँचामा संलग्न गरी info@madenepal.org मा पठाउन सकिनेछ।
  4. दरभाउमा उल्लेख गरिएको मूल्यमा ढुवानी, कर (VAT), प्याकेजिङ तथा अन्य सबै खर्च समावेश भए/नभएको स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
  5. प्रस्तावित दर (Price Validity) कति अवधिसम्मका लागि मान्य रहने हो भन्ने कुरा स्पष्ट उल्लेख गर्नुपर्नेछ।
  6. दरभाउसँग निम्न कागजातहरूको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
    • फर्म दर्ता प्रमाणपत्र
    • PAN/VAT दर्ता प्रमाणपत्र
    • अद्यावधिक कर चुक्ता प्रमाणपत्र
    • आवश्यक परेमा अन्य सम्बन्धित कानुनी कागजातहरू
  7. प्राप्त दरभाउ स्वीकार गर्ने, अस्वीकार गर्ने वा खरिद प्रक्रियासम्बन्धी अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार मेड–नेपालमा सुरक्षित रहनेछ।
  8. दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र, कार्यालय समयभित्र प्राप्त हुने गरी पेश गरिसक्नुपर्नेछ। निर्धारित समयपछि प्राप्त दरभाउहरू मूल्याङ्कन गरिने छैनन्।

https://madenepal.org/quotation-form-for-office-supplies/

Scroll to Top